otto's war room banner

otto's war room banner

Friday, March 12, 2010

नेपाली सेनाद्वारा तीन सर्वसाधारणको हत्या

From The Red Star:

बलात्कार गरी हत्या गरेको स्थानियवासीको दाबी

- हत्याले गाउँ शोकाकुल


सुर्खेत, २७ फागुन । सुर्खेतको हरीहरपुरमा नेपाली सेनाले गोली हानी ३ जना सर्वसाधारणको हत्या गरेको छ । नेपाली सेनाको ज्वाला दल गण ठाकुरद्धारा वर्दीयावाट गएको नेपाली सेनाको टोलीले गोली हानी विहीवार दिउसो एकै ठाउका दलीत वस्तीका सर्वसाधारणको हत्या भएको हो । मृत्यु हुनेमा हरीहरपुर गाविस २ वास्पानीका हरीकला विक, देविकला विक, र कृष्ण वहादुर विक रहेका छन ।

बिहीबार दिउँसो १ बजे तिर घाँस, दाउरा लिन बर्दिया निकुञ्ज तिर गएका सर्वसाधारणलाई नेपाली सेनाको ज्वाला दल गण बर्दियाबाट गएको गस्ती टोलीले गोली हाने पछि उनीहरुको मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन । स्थानीयवासी चित्र वहादुर थापाले भने - त्यो वनसँग त हामी सधै पानी पधेरो जस्तै सम्वन्ध राख्छौं ।

उनका अनुसार वुधवार साँझ नेपाली सेनाले उनीहरुलाई वलात्कार गरेपछी सबैलाई थाहा हुने डरले हत्या गरेको र विहीवार मात्रै लाश वाहीर देखिएको हो । यस विषयमा बुझ्न खोज्दा नेपाली सेनाले भने यो विषयमा कुनै प्रतिक्रिया दिन चाहेन । ज्वाला दल गणका कर्नेल देउजासँग प्रतिक्रिया माग्न खोज्दा उनी सम्पर्क मा आउन चाहेनन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनी आफ्नो कार्यक्षेत्र भित्र नभएका कारण यो घटनाका विषयमा आफुलाई केहीपनी जानकारी नभएको प्रतिक्रीया दियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपि गणेश थापाले भने उक्त क्षेत्र आफ्नो कार्यक्षेत्र भित्र नपर्ने बताए । सदुरमुकाम वीरेन्द्रनगरदेखी घटनास्थल ४ कोष मात्रै टाढा छ तर घटना विहिवार अवेर मात्रै थाहा भएका कारण मानवअधिकार तथा सञ्चारकर्मी घटनास्थलमा कोहीपनि पुग्न सकेका छैनन ।

Music and news from Nepal – seeema

No comments: